गाेली प्रहारबाट एक जना घाइते
महोत्तरी | असार २०, २०८०
महोत्तरी: गोली प्रहारबाट महोत्तरीमा एक जना घाइते भएका छन् ।
महोत्तरीको रामगोपालपुर नगरपालिका–१ बसबिट्टीमा मङ्गलवार बेलुकी आपसी विवाद हुँदा लक्ष्मीपुर बस्ने ३८ वर्षीय कौशल मण्डलले चलाएको गोली लागेर ४४ वर्षीय श्रवण यादव घाइते हुनुभएको हो । घाइते यादवको जनकपुरमा रहेको जानकी हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बसबिट्टी घर भएका यादवमाथि मण्डलले दुई राउन्ड गोली प्रहार गरेका इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी नायब निरीक्षक ९सई० सुमन सिंहले जानकारी दिनुभयो । घाइते यादवको कन्चट नजिक र दाहिने कुममाथिको भागमा गोली लागेको छ ।
गोली प्रहार गर्ने मण्डललाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । स्थानीयको कुटपिटबाट घाइते भएका मण्डललाई जलेश्वर प्रादेशिक अस्पतालमा उपचार गराई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याइएको छ ।
घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल र तीन थान गोलीको खोका बरामद गरेको छ ।
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...
काठमाडौँ: चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

